काठमाडौँ : नेकपा एमालेले राजनीतिक अस्थिरता मौलाउनुका विभिन्न कारण औंल्याएको छ। ललितपुरको गोदावरीमा शनिबारदेखि शुरु भएको राष्ट्रिय प्रतिनिधि परिषद्को पहिलो बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष केपी शर्मा ओलीले यी कारण औँल्याएका हुन्।
अध्यक्ष ओलीले रास्वपा र राप्रपाप्रति लक्षित गर्दै संविधानको मुख्य विषयमा अस्पष्ट र असहमत रहनेहरूको उपस्थिति अस्थिरताको प्रमुख कारकका रूपमा उल्लेख गरेका छन्। देशमा राजनीतिक स्थायित्व आवश्यक भए पनि त्यसले झनै चुनौती थपेको प्रतिवेदनमा लेखेका छन्।
‘प्रतिनिधिसभामा एक दर्जन दलको उपस्थिति र संविधानको मुख्य विषयमा असन्तुष्ट र असहमत रहनेहरूको उल्लेख्य संख्याले राजनीतिक अस्थिरताको सम्भावना झनै बढायो’, उनले भनेका छन्, ‘बलियो राष्ट्रिय शक्ति निर्माणको जनचाहनामा प्रतिकूल प्रभाव पर्यो। स्थायित्व, सुशासन, राष्ट्रिय स्वाधीनता एवं समाजवाद उन्मुख राज्य निर्माण अभियानमा चुनौती थपियो। निर्वाचनमा पपुलिस्ट शक्तिको उदय र परम्परावादी दक्षिणपन्थी दलको शक्ति विस्तार नयाँ र विवेचनीय घटनाका रूपमा रहेका छन्।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।