काठमाडौँ : काठमाडौँ फेरि विश्वकै वायु प्रदूषित शहरको सूचीमा एक नम्बरमा उक्लिएको छ। विश्वका शहरहरुको वायु प्रदूषण मापक एक्युआइको सूचीमा काठमाडौँ आज बेलुकी नम्बर १मा पुगेको हो। काठमाडौँको एक्युआई १५७ रहेको छ, जुन अस्वस्थकर अवस्था हो।
प्रदूषित शहरको दोस्रो नम्बरमा भारतको कोलकाता, तेस्रोमा चाइनाको छेन्दु र चौथोमा थाइल्याण्डको बैंकक रहेका छन्। कोलकत्ताको एक्युआई १५३ छ भने छेन्दुको १५१ रहेको छ।
बढ्दो धुवाँ, धुलो र आगलागीका कारण नेपालमा वायु प्रदूषण बढेको हो। ललितपुरको एक्युआईपनि १५७ मापन हुँदा भक्तपुरको वायु प्रदुषण १३५ एक्युआई मापन भएको छ।
भक्तपुरको वायु प्रदूषण संवेदनशील समूहका लागि जोखिमयुक्त रहेको छ। वायु प्रदूषणका कारण मानिसहरुमा आँखा चिलाउने, पोल्ने तथा छाला चिलाउने जस्ता समस्या देखिन थालेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।