|

तुलसीपुर : प्रहरीले दाङको तुलसीपुर-१९ छिल्लिीकोटमा रहेको कालिका-मालिका मन्दिरबाट मूर्ति र घण्टी चोरी गर्ने तीन महिला पक्राउ परेका छन्।

माताको वेशमा गएर मूर्ति चोरी गर्ने  तुलसीपुर-१७ वनकट्टी निवासी तिला वली, सुन्तली बस्नेत र छपन्या चौधरीलाई पक्राउ गरेको हो। 

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लका अनुसार आइतबार दिउँसो मन्दिरबाट पाँच थान घण्टी र तीन थान मूर्ति चोरी भएको थियो । 

तीनै जनाले आफूहरूलाई माता भन्दै भगवानले घण्टी माग गरेकाले मन्दिरबाट मूर्ति र घण्टी उठाएको बताएका छन्।  उनीहरुलाई सार्वजनिक सम्पत्ति चोरीविरुद्ध मुद्दा चलाउने तयारी भएको अध्यक्ष मन्दिर व्यवस्थापन समितिका अध्यक्ष परवीर पुनले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.