काठमाडौं : कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी नेपालको राजकीय भ्रमणमा आइपुगेका छन्।उनी ३ बजेर ३९ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।
उनको आगमनका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बन्द गरिएको छ। करिब एक घण्टादेखि विमानस्थलका सम्पूर्ण उडानहरू बन्द गरिएका छन्।
उक्त बन्दका कारण कतारबाट नेपालका लागि आएको कतार एअरवेज र भारतबाट नेपाल आएको भिस्तारा विमानलाई नेपालको आकाशमा फन्का लगाइरहेका छन्। यस्तै चीनको कुमिङबाट आएको चाइना इस्ट्रन एअरलाइन्स पनि आकाशमा फन्का लगाइरहेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।