काठमाडौं : कतारका अमिर अर्थात् राजा शेख तमिम बिन हमाद अल थानी र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ।
दुई दिने नेपाल भ्रमणका क्रममा काठमाडौं आइपुगेका थानी राष्ट्रपति पौडेललाई भेट्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोझै शितलनिवास पुगेका थिए।
राजा थानीलाई स्वागत गर्न राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित मन्त्रीहरू र विशिष्ठ व्यक्ति विमानस्थल पुगेका थिए।
राष्ट्रपति पौडेलले उनको सम्मानमा साँझ राजकीय भोज आयोजना गरेका छन्।
थानीले भोलि बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)सँग द्विपक्षीय वार्ता गर्ने र वार्तापछि द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।