पोखरा : कास्की जिल्लाको पोखरा महानगरपालिका–६ फेवातालमा मंगलवार दिउँसो डुंगा दुर्घटनामा परेका ५ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।
अचानक आएको हावाहुरीका कारण डबल प्याडल बोटमा बोटिङ गरिरहेका काठमाडौँ महानगरपालिका–२९ अनामनगर बस्ने ३० वर्षीय विक्रम मिकारानी, २६ वर्षिया आशिफा भानु, ५४ वर्षीया अनैजा दिल शाह, ८ वर्षीया रजिना खातुन र करिब डेढ वर्षीया मिरा रानी फेवातालनजिकै रहेको माछापालन केन्द्रको जालमा अड्किएका थिए।
दुर्घटनालगत्तै नं. २४ कालिका गण कास्कीबाट फेवाताल रेस्क्यु वाच टावरमा खटिएको विपद् व्यवस्थापनसहितको टोलीले उनीहरूको तत्कालै सकुशल उद्धार गरेको हो। दुर्घटनामा परेकाहरूको अवस्था भने सामान्य रहेको छ।
यसअघि पनि चैत २९ र २५ गते पनि फेवातालमा अचानक आएको हावाहुरीका कारण डुंगा पल्टिएको थियो। सो दुर्घटनामा परेका एक पुरुष र एक महिलाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।