|

इण्डियन प्रिमियर लिग (आईपीएल)मा मार्कस् स्टोइनिसको शतकसँगै लखनउ सुपर जायन्ट्सले चेन्नई सुपर किंग्सलाई ६ विकेटले पराजित गरेको छ। 

गएराति एमए चिदम्बरम् स्टेडियममा सम्पन्न खेलमा चेन्नईले दिएको २११ रनको लक्ष्य पछ्याएको लखनउले ३ बल बाँकी रहँदा नै ४ विकेट गुमाउँदै २१३ रन बनाएर विजयी भएको हो। 

लखनउका मार्कस्ले अविजित रहँदै सर्वाधिक १२४ रन बनाए। ६३ बल खेलका उनले १३ चौका र ६ छक्का प्रहार गरे। निकोलस पूरन ३४, कप्तान केएल राहुल १६ र देवदत्त पडिक्कल १३ रनम आउट हुँदा दीपक हुड्डा १७ रनमा अविजित रहे। 

चेन्नईका माथिशा पाथिरानाले सर्वाधिक २ विकेट लिँदा दीपक चाहर र मुस्तिफिजुर रहमानले १-१ विकेट लिए। त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २१० रन बनाएको थियो।

जितसँगै लखनउ शीर्ष चारमा उक्लिएको छ। आठ खेल खेलेको लखनउको १० अंक रहेको छ। पराजित चेन्नई समान खेलबाट ८ अंक जोड्दै पाँचौँ स्थानमा छ । बुधबार दिल्ली क्यापिटल्स र गुजरात टाइटन्स भिड्नेछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.