|

काठमाडौँ : रुपन्देहीको एक सामुदायिक वनमा डढेलो निभाउन गएको दमकल नै डढेलोमा परेर जलेको छ। आज बुधवार दिउँसो तिलोत्तमा नगरपालिका वडा नम्बर ८ गणेशनगरको जङ्गलमा डढेलो लागेको थियो। 

त्यसपछि प्राप्त सूचनाका आधारमा नगरपालिकाको लु १ ग ३४९ नम्बरको दमकल डढेलो निभाउन गएको थियो। आगो निभाउन गएको दमकल आफैँ आगोमा परेको हो। 

नगरपालिकाका सूचना अधिकारी माधव पोखरेलले आगलागीबाट दमकलको अगाडिको भाग पुरै जलेको थाहाखबरलाई बताए। उनले कति क्षति भयो भनेर आँकलन गर्ने काम भइरहेको जानकारी दिए। 

चालकले भने भागेर ज्यान जोगाएका छन्। उनले भने, 'आज दिउँसो चारैतिरबाट हावाहुरी एक्कासी आयो र आगो निभाउन जंगलमा पुगेको दमकलमा सल्कियो, निकाल्न पनि सकिएन, अगाडीको भाग पुरै जल्यो ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.