|

काठमाडौँ : महोत्तरीको मटिहानी नगरपालिका ६ स्थित जरलहवा गाछीमा भीषण आगलागी हुँदा अहिलेसम्म १०० घर जलेर नष्ट भएको छ। 

दिउँसो एक्कासी आगो सक्किँदा बस्ती नै सखाप भएको हो। अहिले पनि आगलागी नियन्त्रण प्रयास जारी रहेको र अन्तिम चरणमा पुर्याइएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले थाहाखबर जानकारी दिए।

बस्तीमा हावाहुरी ठूलो आएको र त्यहाँ रहेको परालको कुन्यूले आगलागी बढाएको गेलालले बताए। यकिन विवरण आउन बाँकी नै रहेको उनले बताए। उनले भने, 'परालको कुन्यूमा आगो सल्किएपछि चर्को हावा आउँदा, त्यसले घरहरुलाई भेट्यो।'

अहिले आगो निभाउनका लागि मटिहानी नगरपालिका, जलेश्वर नगरपालिका, रामगोपालपुर नगरपालिका, प्रदेश प्रहरी कार्यालय जनकपुरको वारुणयन्त्रसँगै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र मटिहानी नगरपालिकाले प्रयास गरिरहेको छ। 

१० वटा बारुणयन्त्र, ३०० भन्दा बढी सुरक्षाकर्मी परिचालन भएको छ। दिउँसो १ बजेबाट आगो सल्किएको बताइएको छ। कारण भने खुलेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.