|

पर्वत : गोरखाको गोरखा अस्पतालमा पहिलो पटक दूरबीनको माध्यमबाट महिलाको पाठेघर निकाल्ने सफल शल्यक्रिया भएको छ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार गोरखाको भीमसेन थापा गाउँपालिका–१ की ३८ वर्षिया महिलाको सफल शल्यक्रिया गरिएको हो। करिब एक वर्षदेखि तल्लो पेटमा निरन्तर दुखिरहेको भनी उपचारका लागि गोरखा अस्पताल पुगेकी ती महिलाको भिडियो एक्स–रे गर्दा पाठेघरमा १० सेन्टिमिटरको ट्युमर देखियो थियो।

विशेषज्ञ चिकित्सकहरूको सल्लाह अनुसार पाठेघरको शल्यक्रिया गर्नुपर्ने भएकोले ल्याप्रोस्कोपिक सर्जरी अर्थात् दूरबिनको माध्यमबाट पाठेघर र ट्युमर दुबै निकाल्न सफल भएको अस्पतालले बताएको छ। 

निकालिएको ट्युमरको तौल करिब एक किलोग्राम रहेको थियो। ल्याप्रोस्कोपिक स्त्रीरोग विशेषज्ञ डाक्टर राजन महत, डाक्टर विश्वराज खड्का र  एनेस्थेसियालोजिस्ट डाक्टर शम्भु अधिकारीको समूहले जिल्लामा नै पहिलो पटक यस्तो शल्यक्रिया सफल बनाएको हो। 

शल्यक्रिया पश्चात् बिरामीको अवस्था सामान्य रहेको अस्पताल प्रशासनले बताएको छ। गोरखा अस्पतालमा नै गत वैशाख नौ गते एक महिनादेखि मलद्वारमा बोतल बोकेर बाँचेका गोरखाकै एक पुरुषको शल्यक्रिया गरेर बोतल निकालिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.