|

मुगु : मुगुम कार्मारोङ गाउँपालिका-५ सेरोग गाउँकी नोन्जोम कामीले ८० वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छिन्। 

२००० वैशाख १२ गते जन्मिएकी उनलाई जन्मदिनको अवसर पारेर प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले बुधबार नागरिकता प्रमाणपत्र प्रदान गरेका हुन्।

३५ वर्षअघि  नोन्जोममा  श्रीमान् सोनाम तेन्जिनको मृत्यु भएको थियो। जिल्ला  सदरमुकाम गमगढी पुग्न दुई-तीन दिन हिँड्नुपर्ने समस्याका कारण चाहेर पनि यसअघि नागरिकता बनाउन नसकेको उनले बताइन्। 

श्रीमानको नागरिकता, माइती पक्षको सनाखत र नागरिकता पाउनका लागि आवश्यक पर्ने अनुसूचीसहित अन्य कागजात पुगेपछि प्रक्रिया अघि बढाएको प्रमुख जिल्ला अधिकारी केसीले बताए।​ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.