|

संखुवासभा : जिल्लाको वरुण बहुमुखी क्याम्पसमा हस्तकला प्रदर्शनी गरिएको छ। बुधबार सदरमुकाम खाँदबारीमा रहेको बरुण बहुमुखी क्याम्पसमा उद्यमशीलता र अन्र्थतन्त्रको दिगो विकासका लागि स्थानीय ज्ञान,सिप र प्रविधिको उपयोग भन्ने नाराका साथ हस्तकला प्रदर्शनी गरिएको छ।

वरुण बहुमुखी क्याम्पस आयोजना तथा विश्वविद्यालय अनुदान आयोगको प्रायोजकत्वमा एकदिने हस्तकला प्रदर्शनी गरिएको हो।

विद्यार्थीहरुमा  लुकेका हस्ताकला सीप उजागर गर्न र लोप हुँदै गएको मौलिकता र परम्परा संरक्षण गर्न उद्देश्यले हस्तकला प्रदर्शनी गरिएको हस्तकला प्रदर्शनी कार्यक्रमका संयोजक नवराज कार्कीले बताए।

उद्यमशीलता र अन्र्थतन्त्रको दिगो विकासका लागि स्थानीय ज्ञान, सीप र प्रविधिको उपयोग गर्ने उद्देश्यले हस्तकला प्रदर्शनी गरिएको कार्यक्रम संयोजक कार्कीले बताए।

स्थानीय स्रोत साधनलाई बढी उपभोगमा ल्याउन हस्तकला प्रदर्शनी गरिएको उनको भनाइ छ। विद्यार्थीहरूले स्थानीय उत्पादन अल्लोका टोपी, झोला, स्वीटर लगायतका विभिन्न सामग्री, गमला,डोका,राडीपाखी, सिलाम साक्मा लगायतका आकर्षक हस्तकलाका सामग्री बनाएका थिए।

विद्यार्थीले बनाएका स्थानीय स्तरमै उत्पादन भएका सामग्री प्रयोग हस्तकलाका सामग्रीहरू अभिभावकहरूले समेत अभिरुचिपूर्वक अवलोकन गरेका थिए। 

विद्यार्थीहरूभित्र रहेको प्रतिभा उजागर गर्ने उद्देश्यले चित्रकला र हस्तकला प्रदर्शनी गरिएको बरुण बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख चित्ररेखा कार्की अधिकारीले जानकारी दिइन्।

हस्तकला प्रतियोगिताको उद्घाटन खाँदबारी नगरपालिका नगर प्रमुख महेश थपलियाले गरेका थिए। कार्यक्रममा हस्तकलाका सामग्री बिक्रीका साथै प्रदर्शनीमा राखिएको थियो।

कार्यक्रममा भोजपुरको षडानन्द बहुमुखी क्याम्पस र संखुवासभाको मादी बहुमुखी क्याम्पसका विद्यार्थीहरुको समेत सहभागीता थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.