|

काठमाडौं : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) काठमाडौं विश्वविद्यालय क्याम्पस कमिटीले प्राध्यापकहरूबाट धम्कीपूर्ण व्यावहार र केही विद्यार्थीलाई परीक्षामा फेल गराउने धम्की दिएको आरोप लगाएको छ।

कमिटीले एक विज्ञप्ति जारी गरेर यसको घोर विरोध गर्दै यस्ता कार्य तत्काल बन्द गर्न माग गरेको छ।

नेपालको संविधानले व्यवस्था गरेको स्वतन्त्र रूपमा भेला हुने, संघ संस्था खोल्न पाउने, विचार र अभिव्यक्ति स्वतन्त्रता जस्ता मौलिक हकको हनन गर्ने अधिकार कसैलाई पनि छैन र यही नागरिक स्वतन्त्रताका लागि हामीले लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको कमिटीको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, ‘अनेरास्ववियू काठमाडौं विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई असर पर्ने गरी विद्यार्थीलाई धम्कीपूर्ण भाषाको प्रयोग गर्ने र प्रतिशोधका निम्ति विद्यार्थी संगठनलाई बदनाम गर्न उद्धत प्राध्यापकहरूको निन्दनीय कार्य बीचमा उत्रन बाध्य भएको छ, विश्वविद्यालयमा लामो समयदेखि अनेरास्ववियूका विद्यार्थीलाई धम्कीपूर्ण व्यवहार र केही विद्यार्थीलाई परीक्षामा फेल गर्ने धम्कीसमेत प्राध्यापकहरूबाट दिएको पाइएको छ।’

केही प्राध्यापक विश्वविद्यालय शिक्षालाई मुनाफाको वस्तु बनाउन खोज्ने र आफ्नो सम्पूर्ण समय ठेक्काप‌ट्टामा बिताउने प्राध्यापकरूपी शैक्षिक माफियाहरूको सल्लाह र अस्वाभाविक चलखेल खेदजनक रहेको विज्ञप्तिमा उल्लेख छ।

‘विश्वविद्यालयका पछिल्लो समय खोलिएका केही स्थानमा विना विज्ञापन‚ सूचना मान्छे भक्ति गर्ने र त्यहाँ भर्ती गरिएका मान्छेमार्फत विद्यार्थीलाई धम्की दिने र अनेरास्ववियूलाई बदनाम गर्ने गरेको पाइएको छ यस्ता कार्य तत्काल बन्द गरियोस्, अन्यथा धैर्यताको समय सकिएकाले कडा आन्दोलन गर्ने चेतावनी दिन चाहन्छौँ,’ विज्ञप्तिमा उल्लेख छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.