|

काठमाडौं : जल तथा मौसम विज्ञान विभागले आगामी केही दिनसम्म तापक्रम बढ्ने सम्भावना रहेकाले सतर्कता अपनाउन सुझाव दिएको छ।

विभागले लुम्बिनी प्रदेशका तराई भागका केही स्थानमा केही दिनयता अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी मापन भएको बताएको छ।

आगामी पाँच दिनसम्मका लागि विभागले शनिबार अपराह्न जारी गरेको तातो लहर ‘हिटवेभ’सम्बन्धी विशेष ‘बुलेटिन’मा देशको पहाडी भागका उपत्यका तथा खोँचहरूमा समेत तापक्रम क्रमिक रूपमा बढ्नसक्ने भएकाले सचेत रहन आग्रह गरिएको छ।

तातो हावा तथा तातो लहरबाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोश हुने, मांसपेशीहरू दुख्ने, बान्ता हुनसक्ने भएकाले घरभित्रै रहने र बाहिरी वातावरणमा बढी नजान विभागले आग्रह गरेको छ। यस्तै हल्का सुती कपडा लुगा लगाउन, बाहिर निस्कँदा टाउको छोप्न, पानी तथा जुस, सर्वतलगायततरल पदार्थ प्रशस्त मात्रामा पिउन र स्वास्थ्य समस्या भए स्वास्थ्यकर्मीसँग सुझाव लिन विभागले अनुरोध गरेको छ।

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.