|

विराटनगर ः  वैशाख २१ गतेदेखि देशभर प्रदर्शनीमा आउने चलचित्र ‘मनसरा’ विराटनगरमा प्रिमियर सो हुने भएको छ।

 चलचित्र निर्माण टिमले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै विराटनगरमा    २० गते प्रीमियर सो हुने जानकारी गराएका हुन्। चलचित्रको कलाकार साथै लेखक, निर्देशक  एवं   कवि उपेन्द्र सुब्बाको समेत  गृह प्रदेश भएकाले विराटनगरमा    चलचित्र मनसराको प्रीमियर सो गर्न लागिएको निर्माण टिमले जनाएको छ।

मिश्रित  समुदायको कथालाई  चलचित्रमार्फत   समेट्न खोजिएको  छ। ललितपुर जिल्लाको गाउँमा लिजमा जग्गा लिएर  कृषि पेसा अपनाएर बसेकाहरूको कथा साथै पाँचथरको यासोकको दृश्यहरू चलचित्रमा समेटिएको चलचित्रका कार्यकारी निर्माता सिजन दाहालले जानकारी दिए।

मनसरा टिमले अन्य फिल्मको भन्दा केही फरक शैलीमा प्रचार गरिरहेका छन्।

अहिले पूर्वी नेपालको  झापाको बिर्तामोडबाट सुरु भएको कविता कन्सर्ट इटहरी पुगेर समापन भएको छ।  विराटनगरमा भने प्रिमियर सो गर्ने भएकाले  कार्यकारी कन्सर्ट नगरेको कार्यकारी निर्माता दाहालले  बताए।

‘ विराटनगरमा धेरै कविहरूको जमघट छ, उपेन्द्र दाई आफै पनि कवि भएकाले  विराटनगरमा प्रिमियर सो गर्ने भनेर कविता कन्सर्ट नगरेको  हो,  एउटै दर्शकहरूलाई दुखः नदिउँ भनेर पनि  हो ,’ उनले भने,‘  एउटा कविको कुरा कविलाई नै बुझाउन सजिलो हुन्छ होला भनेर , कविले छिटो बुझ्छ होला भनेर यसरी हामी हिँड्दै हिँड्दै आएका हौँ।’

यस फिल्ममा दयाहाङ राई,  मिरुना मगर , प्रवीण खतिवडा तथा मेनुका प्रधान  लगायतको अभिनय रहेको छ।  निर्देशक सुब्बाकै लेखन रहेको चलचित्रका निर्माता छायाँकार शैलेन्द्रध्वज कार्की हुन् भने सिजन दाहाल कार्यकारी निर्माता रहेको  छन्।  किरण चाम्लिङ राई मुख्य सहायक निर्देशक छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.