बझाङ : बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ को मतगणना चलिरहेको छ। पछिल्लो मतपरिणाम अनुसार माओवादी र कांग्रेसले मतान्तर घटाएका छन्। यसअघि दोब्बर अघि रहेको एमाले पछिल्लो गणनामा केही कमजोर देखिएको छ।
कांग्रेसको परिणामलाई उछिन्दै माओवादी अघि बढेको छ। अहिलेसम्म छविसपाथिभेरा गाउँपालिका वडानम्बर १-७ वडालगाएत थलारा गाउँपालिका ९ को मत गणना सम्पन्न भएको छ।
पछिल्लो सार्वजनिक मत परिणामअनुसार एमालेका उम्मेदवार दमन भण्डारीले १८०६ मत ल्याउँदा माओवादी केन्द्रका उम्मेदवार जनक बुढाले १२७४ र कांग्रेसका उम्मेदवार अभिषेक सिंहले ११२८ मत ल्याएका छन्। एकीकृत समाजवादीका दिलबहादुर सिंहले ७२१ मत पाएका छन्।
त्यसैगरी राप्रापाका उम्मेदवारले २४ मत पाउँदा ७७ मत बदर भएका छन्। बझाङमा अहिलेसम्म ३ हजार ४७१ मत गणना भएको छ।
शनिबार सम्पन्न उपनिर्वाचनको मत गणना भइरहेको छ। तारबारभित्र मतगणना भइरहेको अवस्था छ भने मतगणना स्थलमा समर्थकहरूको चहलपहल बढेको छ।
बाक्लो मात्रामा सुरक्षाकर्मीहरू परिचालन गरिएका छन्। अहिले खप्तडछान्ना गाउँपालिकाको मत गणना सुरू भएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।