काठमाडौं : बझाङ प्रदेश सभा १ मा कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले अग्रता कायमै राखेका छन्। उनले एमालेका दमनबहादुर भण्डारीसँग २४१ मतको अग्रता कायम राखेका हुन्
पछिल्लो परिणामअनुसार सिंहले ८ हजार ४०६ मत ल्याएका छन्। यसैगरी एमालेका भण्डारीले ८ हजार १६५ मत प्राप्त गरेका छन्।
अर्का उम्मेदवार माओवादी केन्द्रका जनकबहादुर बुढाले ३ हजार ३१३ मत ल्याउँदा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार २६६ मत ल्याएका छन्।
यहाँ अहिलेसम्म २२ हजारभन्दा बढी मत गनिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।