|

काठमाडौं : नेपालविरुद्ध खेलमा वेष्ट इण्डिज एका जोनसन चार्ल्सले शतक प्रहार गरेका छन्। ५५ बलमा उनले ११ चौका र ६ छक्काको मद्दतले १०१ रन बनाएका हुन्। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा आक्रमक ब्याटिङ गरेको क्यारेबियन टोलीको विकेट सागर ढकालले लिएका थिए। ५३ रन बनाएका आन्द्रे फ्लेचर आउट भएका थिए।

यसअघि एलिक आथनेज १७ रन बनाएर रनआउट भएका थिए।

आज कप्तानी दिपेन्द्रसिंह ऐरीले सम्हाल्नेका छन्। 

नेपाल र वेष्ट इण्डिजले यसअघि एक-एक खेल जितेका छन्। शनिबार सम्पन्न पहिलो खेलमा नेपालले वेष्ट इण्डिजलाई ४ विकेटले पराजित गरेको थियो। आइतबार भएको दोस्रो खेलमा नेपाल वेस्ट इण्डिजँंग १० रनले पराजित भएको थियो। 

नेपालले आईसीसी टी-२० विश्वकपको तयारीस्वरूप वेष्ट इण्डिजसँग शृंखला खेलिरहेको हो। शृंखलापश्चात् नेपाली टोली आईसीसी टी–२० विश्वकपका लागि अमेरिका प्रस्थान गर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.