काठमाडौं : टी-ट्वेन्टी क्रिकेट श्रृंखलामा वेष्टइण्डिज ‘ए’ विरुद्धको खेलमा नेपालको तेस्रो विकेट गुमेको छ। ३ रन बनाएर आरिफ शेख आउट भएका हुन्।
यसअघि विनोद भण्डारी १९ र अनिल साह १४ रनमा आउट भएका थिए।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको वेष्टइण्डिजले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय २७ रन बनाएको छ। नेपाल २ सय २८ रनको विजय लक्ष्यसहित मैदान उत्रिएको हो।
पाँच खेलको श्रृंखला अन्तर्गत अहिले तेस्रो खेल भइरहेको हो। यसअघि भएका दुई खेलमध्ये दुवै टिमले एक एक खेल जितेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।