यही वैशाख २८ गते शुक्रवार संसद बस्ने
यही वैशाख २८ गते शुक्रवार संसद बस्ने
काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको अधिवेशन आह्वान गरेका छन्।
संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषदको सिफारिशमा राष्ट्रपतिले यही वैशाख २८ गते शुक्रवार दिउँसो २ बजेका लागि संसदको अधिवेशन आह्वान गरेका हुन्।
राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा दुवै सदनको अधिवेशन नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्र डाकिएको उल्लेख छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।