जनकपुर : धनुषाको जनकपुरधामस्थित एउटा सहकारी संस्थाका कर्मचारीबाट ८० लाख रुपैयाँ लुटिएको छ।
आज दिउँसो शुभश्री बचत तथा ऋण सहकारी संस्था मैनाथपुरमा कार्यरत वीरेन्द्रकुमार महतोलाई पेस्तोल देखाएर ३ जना लुटेराले ८० लाख रुपैयाँ लुटेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रञ्जन आबाले जानकारी दिए।
जनकपुरधामको भानुचोकमा रहेको राष्ट्रिय सहकारी बैंकबाट रकम झिकेर सहकारीतर्फ जाँदै गर्दा जनकपुरधाम उपमहानगरपालिका-१९ मा महतोका साथमा रहेको सो रकम लुटिएको र जानकारी प्राप्त भएलगत्तै प्रहरी घटनास्थल पुगेर लुटेराको खोजी गरिरहेको उनले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।