|

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हाहा हुहु गर्नेहरु पनि अहिले मन्त्री भएको कटाक्ष गरेका छन्।

सोमवार पार्टी मुख्यालय च्यासलमा आयोजित राजनीतिज्ञ सिद्धिनाथ ज्ञवाली स्मृति ग्रन्थ विमोचन कार्यक्रममा उनले यस्तो कटाक्ष गरेका हुन्। 

ओलीले संसदमा कसैको पनि बहुमत नभएकाले हाहा हुहु गर्नेहरुले पनि गठबन्धन मिलाउने क्रममा मन्त्री हुने मौका पाउने अवस्था आएको घोचपेच पनि रे। 

‘अहिले त समय कस्तोसम्म आएको छ भने हाहा हुहु गरेको भरमा जनप्रतिनिधि छानिन्छ र हाहा हुहु गरेकै भरमा मन्त्री पनि‚’ अध्यक्ष ओलीले भने, ‘बहुमत कसैको पनि छैन। यसलाई मिलाउँ, त्यसलाई मिलाउँ भन्दा को मन्त्री पर्छ, को पर्दैन?’

त्यागको अवमूल्यन र अपमान गर्ने भुइँफुट्टा प्रवृत्ति मुलुकमा देखापरेको उल्लेख गर्दै ओलीले त्यस्ता प्रवृत्ति बेलाबेलामा प्रकट भए पनि धेरै टिक्न नसक्ने दावी गरे। 

उनले त्यस्ता प्रवृत्तिहरु चिन्न, बुझ्न राजनीतिज्ञ ज्ञवाली जस्ता नेताहरुको देश र जनताप्रतिको समर्पणप्रति सम्मानभाव राख्दै अघि बढ्न पार्टीका नेता, कार्यकर्तार्लाइ सचेत गराए।

उनले भने‚ ‘अहिले एउटा प्रवृत्ति चलेको छ- पुरानो त्यागको अपमान गर्ने एउटा भुइँफुट्टा भएका छन्। मन्दिर भत्काउन खोज्ने, त्याग, बलिदानहरुको अपमान गर्न खोज्ने, योगदानको अवमूल्यन गर्न खोज्ने, नकार्न खोज्ने, त्यसको केही अर्थ थियो परिवर्तनमा भन्ने कुरा बिर्सिन खोज्ने।’ 

अध्यक्ष ओलीले एमालेले आफूलाई राष्ट्रिय निर्णायक शक्तिको रुपमा उभ्याउन चाहेको उल्लेख गर्दै त्यसमा साथ दिन पनि सबैलाई अपिल गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.