|

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) संसदीय दलको बैठक मंगलबार बस्दै छ। बैठक पार्टीको संसदीय कार्यालय सिंहदरबारमा बिहान ८ बजे बस्नेछ।

बैठक यही वैशाख २८ गते शुरु हुने संसद्को बजेट अधिवेशनमा केन्द्रित रहने पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उठाइरहेको माग तथा संसद्को बजेट अधिवेशनमा खेल्नुपर्ने भूमिका लगायत विषयमा छलफल हुने उनले बताए।

गृहमन्त्री समेत रहेका पार्टी सभापति रवि लामिछाने सहकारी अनियमिततामा संलग्न रहेको आरोप लगाउँदैकांग्रेसले छानबिन गर्न संसदीय समितिको माग गर्दै आएको छ। अघिल्लो अधिवेशनमा सदनमा अवरोध गर्दै आएको उसले समिति नबने बजेट यो अधिवेशन पनि चल्न नदिने बताएको छ।

यही सेरोफेरोमा आगामी  रणनीति तय गर्न संसदीय दलको बैठक बस्न लागेको सहमहामन्त्री बुर्लाकोटीले बताए।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.