|

काठमाडौं : संघीय संसद्अन्तर्गत मंगलबार तीन संसदीय समितिको बैठक बस्दै छ। तीनवटै समितिको बैठक बिहान ११ बजेका लागि तय भएको छ।

कानून, न्याय तथा मानव अधिकार समितिमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल हुनेछ। 

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि छलफल हुने कार्यसूचीमा उल्लेख छ।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति शिक्षा समितिमा राष्ट्रिय सुरक्षा नीति, राष्ट्रिय सुरक्षाको अवस्था, मन्त्रालयबाट भएका कामकारबाही र भावी कार्यदिशा, रक्षा मन्त्रालयबाट सञ्चालित राष्ट्रिय गौरवका आयोजनाको कार्यप्रगति र समस्याका विषयमा छलफल हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.