|

काठमाडौं : निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट निर्वाचित प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिको सनाखत प्रक्रिया थालेको छ।

आयोगले मंगलबार सूचना जारी गरी जसपा नेपाल टुक्रिएर गठन भएको नयाँ पार्टी जनता समाजवादी पार्टी (जसपा) को गठन प्रक्रियाका लागि सांसद र जनप्रतिनिधिको सनाखत गर्न शुरु गरेको हो।

जनप्रतिनिधिले जेठ १३ गतेसम्म प्रदेश सभा सदस्यले प्रदेश निर्वाचन कार्यालयमा प्रदेश निर्वाचन अधिकारी समक्ष र स्थानीय तहका सदस्यले जिल्ला निर्वाचन कार्यालयमा जिल्ला निर्वाचन अधिकारी समक्ष आफू निर्वाचित भएको सक्कल प्रमाणपत्र साथमा लिई सनाखतका लागि उपस्थित हुन पर्नेछ। 

आयोगले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम ५ बमोजिम आयोगको मिति २०८१।०१।२४ गते निर्णय गरी सनाखतको काम अघि बढाएको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.