|

गौशाला : असोज २ गते हुने स्थानीय तहको निर्वाचनका लागि महोत्तरीमा सुरक्षा व्यवस्था कडा बनाइएको छ। प्रहरी उपरीक्षक कुबेर कडायतले निर्वाचनमा सुरक्षाका लागि दुई हजार ६ सय प्रहरी थप गरेको जानकारी दिए। 

 भारतीय सीमासँग जोडिएका ठाउँमा रहेका मतदानस्थलमा हुन सक्ने आपराधिक गतिविधि रोक्न विशेष सुरक्षा योजना अवलम्बन गरिएको उनले बताए। प्रहरीका अनुसार महोत्तरीका २३२ मतदानस्थल संवेदनशील रहेका छन्। जिल्लाका दुई सय ५८ मतदानस्थलमध्ये दुई सय ३२ वटा मतदानस्थल संवेदनशील रहेका जिल्लाका सुरक्षा निकायले बताएका छन्। 

त्यसमध्ये पनि १३५ वटा मतदानस्थल अति संवेदनशील र ९७ वटा मतदानस्थल संवेदनशील रहेका छन्। महोत्तरी जिल्लाका केवल २६ वटा मतदानस्थल सामान्य रहेका छन्। जिल्लाको करिब ७० प्रतिशत भूभाग पश्चिम र दक्षिणमा भारतीय सीमासँग जोडिएको र बढीभन्दा बढी मतदानस्थल सोही सीमा नाकासँग जोडिएको हुनाले दुई ३२ वटा मतदानस्थल संवेदनशील छन्। 

भारतीय सीमासँग महोत्तरीका विभिन्न १३ वटा स्थानबाट नेपाल–भारत आउजाउ हुने गरेको छ भने बनको बाटो करिब ४० किलोमिटरसम्म खुला नै रहेकाले जिल्लाका अधिकांश मतदानस्थल संवेदनशील रहेका छन्। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.