|

  • रमेश तिमल्सिना

रौतहट : उमेदवारी मनोनय दर्ता गर्ने दिनसम्म पनि रौतहटको चन्द्रपुर नगरपालिकामा नेकपा एमालेका दुई नेता नगर प्रमुखको उम्मेदवारीको टिकट लिएर बसेका छन्।

केन्द्रबाट मंगलबार पार्टी मुख्यालय धुम्बाराहीमा तथा जिल्लाबाट चन्द्रपुरमा पत्रकार सम्मेलन गरी बाबुराम दाहालको नाम सार्वजनिक गरे पनि अर्का नेता उद्धब रेग्मीले आफूले पनि टिकट पाएको भन्दै प्रदेश संयोजकको हस्ताक्षरसहितको पत्र सार्वजनिक गरेका छन्। दुई नम्बर प्रदेश संयोजक सत्यनारायण मण्डलको हस्ताक्षर रहेको पत्रमा रेग्मीको फोटो छ। यद्यपि नाम भने लेखिएको छैन।

यस्तै दाहालले प्राप्त गरेको टिकटमा पनि मण्डलकै हस्ताक्षर छ। त्यसमा भने उनको सम्पूर्ण विवरण लेखिएको छ। एमाले चन्द्रपुर नगर कमिटीका अध्यक्ष शिव आचार्य रेग्मीले आधिकारीक रुपमा नगर प्रमुखको टिकट पाएको दाबी गर्छन्। यता जिल्ला सचिव लक्ष्मण रेग्मी भने जिल्ला र केन्द्रबाट दाहालले टिकट टिकट पाइसकेको बताउँछन्।

दुवैले प्राप्त गरेको टिकट सामाजिक सञ्जालमा सार्वजनिक भइसकेको छ। दुवै नेताले आफू नै आधिकारिक उम्मेदवार भएको दाबी गर्न थालेपछि कार्यकर्ता भने अन्योलमा परेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.