|

रौतहट : असोज २ गते प्रदेश नम्बर २ मा हुने स्थानीय तह निर्वाचनमा रौतहटबाट ५ मधेसी महिलाले नगर प्रमुखमा उम्मेदवारी दिएका छन्। नेकपा माओवादी केन्द्रबाट २, नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल लोकतान्त्रिक फोरमबाट पनि मधेसी महिलाले नगर प्रमुखमा उम्मेदवारी दिएका छन्।

माओवादी केन्द्रले गौर नगरपालिकामा चैती देवीलाई उम्मेदवार बनाएको छ भने मौलापुर नगरपालिकामा रिनाकुमारी साहलाई उठाएको छ। मौलापुर नगर प्रमुखको उम्मेदवार रिना कुमारी साह शहरी विकास मन्त्री प्रभु साहकी पत्नी हुन्।

यस्तै नेकपा एमालेले गुजरा नगरपालिकाको प्रमुखमा रामेश्वरीदेवी चौधरीलाई उम्मेदवार बनाएको एमालेकी रौतहट इन्चार्ज तथा केन्द्रीय सदस्य कल्याणी खड्काले जानकारी दिइन्।

नेपाली कांग्रेसले इशनाथ नगरपालिका प्रमुखमा कौशल्लिया देवीलाई उमेदवार बनाएको छ। यस्तै नेपाल लोकतान्त्रिक फोरमले गौर नगरपालिका प्रमुखमा अर्चनाकुमारी यादवलाई उम्मेदवार बनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.