|

महोत्तरी :  असोज २ गते प्रदेश नम्बर २ मा हुने स्थानीय तह निर्वाचनमा महोत्तरीबाट तीन जना पत्रकार चुनावी मैदानमा उत्रिएका छन्। पत्रकार हरिप्रसाद मण्डल, वैधनाथ चौधरी र घनश्याम भगतले नगर प्रमुखदेखि वडा सदस्यसम्ममा उम्मेदवारी दर्ता गराएका छन्।

नेपाल पत्रकार महासंघ महोत्तरीको लगातार तीन चरण नौ वर्षसम्म अध्यक्ष रहेका र हाल नेपाल पत्रकार महासंघको केन्द्रीय पार्शद रहेका मण्डलले मटिहानी नगरपालिका प्रमुखको उम्मेदवार रहेका छन्। उनले २०७० सालको संसदीय निर्वाचनमा समेत प्रतिस्पर्धा गरेका थिए। उनले राजपा नेपालबाट उम्मेदवारी दिएका हुन्।

त्यस्तै पिपरा गाउँपालिका ७ को वडा अध्यक्षमा पत्रकार वैद्यनाथ चौधरीले उम्मेदवारी दिएका छन्। उनी नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका सल्लाहकार, प्रदेश नं.२ का प्रादेशिक पार्शद एवं लोकपुकार साप्ताहिकका संवाददाता हुन्। उनले नेपाल लोकतान्त्रिक फोरमबाट उम्मेदवारी दिएका हुन्।

पत्रकार घनश्याम भगतले महोत्तरी सदरमुकाम जलेश्वरको वडा नम्बर १ को वडा सदस्यमा उम्मेदवारी दिएका छन्। उनले राष्ट्रिय जनता पार्टी तर्फबाट उम्मेदवारी दिएका हुन्। उनी राजपाको पत्रकार संघठन प्रेस मञ्चका महोत्तरी जिल्ला अध्यक्ष तथा नेपाल पत्रकार महासंघका सदस्य हुन्।

विगत लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहेका तीनै जना पत्रकारहरुले आफ्नो ठाउँको विकास सुनिश्चित गर्न उम्मेद्वारी दर्ता गराएको बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.