|

महोत्तरी : जिल्लाको मनरा सिस्वा नगरपालिकामा नेपाली कांग्रेसका एक उम्मेदवार विजयी भएका छन्। मनरा सिस्वा नगरपालिकाका वडा नं. ८ मा दलित महिला सदस्यमा उम्मेदवारी दिएकी संजोगिया देवी निर्विरोध भएकी निर्वाचित भएकी छन्।

निर्वाचन अधिकृत यामबहादुर बाँनियाले मनरा सिस्वा नगरपालिकाको वडानं. ८ को दलित महिला सदस्यमा उनको मात्रै उम्मेदवारी परेको जानकारी दिए। निर्वाचन गतिविधि चलिरहेकै कारणले अहिलेसम्म विजयी घोषणा गर्न नसकिएको जानकारी दिदै उनले सबै जनालाई मतगणनापछि मात्रै विजयी भएको प्रमाणपत्र दिने बताए।

महोत्तरी जिल्लाका मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलले अहिले को को निर्विरोध भए भन्न नसकिने र अहिले नै विजयी घोषणा गर्न नमिल्ने बताए।

नेपाली कांग्रेस मनरा सिस्वा नगरपालिका प्रमुखका उम्मेदवार किशोरकुमार प्रितम तथा वडानं. ८ का नेकाका उम्मेदवार अब्दुल सकुर अंसारीले नेपाली कांग्रेसले सदस्यमा खाता खोलेकोमा मतदाताहरुलाई धन्यवाद दिए। सो वडामा १ हजार ७ सय ५९ मतदाता रहेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.