|

बारा : प्रदेश नम्बर २ मा आगामी असोज २ गते हुने निर्वाचनको प्रचार/प्रसारमा कलाकारहरु पनि सहभागी भएका छन्। यसक्रममा बारामा भएका चुनावी सभामा बद्री पंगेनीदेखि कोमल ओली र प्रतिक भोलनसम्मले दलका लागि भोट माग्दै आफ्नो प्रस्तुति दिएका छन्।

जितपुर–सिमरा उपमहानगरपालिका र निजगढ नगरपालिकामा आयोजित सभामा गायक पंगेनीले ‘मैँ पनि एमाले, सै पनि एमाले...’ बोलको गीत गाउँदै एमाले उम्मेदवारका लागि भोट मागे। यसका साथै उनले आफ्ना अन्य गीतहरु पनि गाएका थिए।

लोक गायिका कोमल ओलीले निजगढको सिंगौल र माझी टोलमा राप्रपाको चुनावी सभामा गीत गाइन्। पार्टीको केन्द्रीय सदस्यसमेत रहेकी ओलीले नयाँ–पुराना लोकगीत प्रस्तुत गरेकी थिइन्।

यस्तै प्रगततिशील गायक प्रतिक भोलनले माओवादी केन्द्रको चुनावी सभाहरुमा पुगेर जनवादी गीत प्रस्तुत गरिरहेका छन्। उनले तामाङ भाषाका गीतसमेत गाएर माओवादीका पक्षमा तामाङ मतदातालाई आकर्षित गर्ने प्रयास गरिरहेका छन्।

कलाकारहरुले आफ्नो प्रस्तुतिको बीचमा आफूले समर्थन गरेको दलको पक्षमा अभिव्यक्ति दिँदै भोट माग्ने गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.