|

बारा : स्थानीय तह तेस्रो चरणको आज राति १२ बजेबाट मौन अवधि सुरु हुने भएकाले उम्मेदवारहरु मत आफ्नो पक्षमा पार्न अन्तिम प्रचार प्रसारमा जुटेका छन्। उनीहरुले प्रचार प्रसार र मतदाता भेटघाटलाई तिब्र पारेका छन्।

आज एमाले अध्यक्ष केपी शर्मा ओली बाराको सिमरामा छन्। त्यस्तै निजगढमा कांग्रेस–माओवादी गठबन्धले आयोजना गर्ने संयुक्त चुनाबी सभालाई सम्बोधन गर्न कांग्रेस महामन्त्री डा. शंशाक कोइराला, माओवादी केन्द्रका सचिवालय सदस्य एवं पूर्व मन्त्री अग्नि सापकोटा, कांग्रेस नेता गगन थापा, विश्वप्रकाश शर्मा लगायत नेताहरु आएका छन्।

सुरक्षा ब्यवस्था कडा

जिल्लाको शुरक्षा ब्यवस्था कडा बनाइएको छ। निर्वाचनमा खटिने कर्मचारीहरु हौसिएका छन्। शुक्रबारसम्मको अवस्था एकदमै सौहाद्र्र रहेकाले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सकिनेमा आफु विश्वस्त रहेको बारागढी गाउँपालिका निर्वाचन अधिकृत उपसचिव रमेश घिमिरेले बताए।

तेस्रो चरणको स्थानीय निर्वाचनलाई शान्त, निष्पक्ष, धाँधली रहित ढंगबाट सम्पन्न गर्न ५१ सय ८० शुरक्षाकर्मी परिचालन गरिएको बाराका प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए।

यससँगै यही २७ गतेदेखि असोज ४ गतेसम्म इजाजत पत्र प्राप्त गरेका ब्यवसायीले समेत मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन पुर्ण रुपमा निषेध गरिएको छ। असोज २ गते हुने स्थानिय तह निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गर्न यस्तो निर्णय गरिएको प्रहरी उपरिक्षक बैदवारले जानकारी दिए। 

जिल्लामा कुल मतदाताको संख्या ३ लाख ३४ हजार ७ सय ४६ रहेका छन्। उनहरुले गर्ने मतदानबाट जिल्लाका १ सय ६७ वटाबाट पाच जनाको दरले ८ सय ३५ जना र प्रमुख उपप्रमुख गरी ३२ जना गरी ८ सय ६७ जना जनप्रतिनीधिहरु प्रत्यक्ष निर्वाचित हुने छन्। भने चुनाव भएको १५ दिनभित्र नगर तथा गाउँसभाले जिल्लाभरीबाट  ३९ जनालाई निर्वाचित गरी जनप्रतिनिधिहरुको संख्या ९ सय ६ पुग्ने मुख्य निर्वाचन अधिकृत सर्राफले जानकारी दिए।

निर्वाचन सामग्री पुगे

निर्वाचनका लागि कर्मचारीहरु निर्वाचन सामाग्रीसँगै निर्वाचन स्थलहरुमा पुग्न थालेका छन्। निर्वाचन स्थलमा पुगेर निर्वाचन अधिकृतहरुले ३० गतेबाट असोज १ गतेसम्म परिचय पत्र वितरण गर्ने जानकारी गराएका छन्, भने शुक्रबार दिउँसोका लागि सर्वदलीय बैठकहरु बोलाएका छन्।

बारामा रहेका १६ स्थानीय तहहरुमा मतपत्र लगायतका सम्पूर्ण निर्वाचन सामाग्री पुगिसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। जिल्लामा ३ सय ४ मतदान स्थल र ४ सय ५८ मतदात केन्द्रहरु रहेका छन्। मतदान स्थल तथा केन्द्रहरुमा झण्डै २ हजार तीन हजार कर्मचारी खटिएका छन्। प्रत्येक मतदान केन्द्रमा १ अधिकृत १ सहायक अधिकृत र ३ कर्मचारी गरि ५ जनाका दरले कर्मचारी खटिएका बाराका जिल्ला निर्वाचन अधिकृत नरेश सर्राफले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.