|

काठमाडौं : स्थानीय तह निर्वाचनको तेस्रो चरणअन्तर्गत प्रदेश नम्बर २ का ८ जिल्लामा बिहान ७ बजेदेखि मतदन सुरु भएको छ। १३६ स्थानीय तहमा जनप्रतिनिधि चयनका लागि मतदान सुरु भएको हो।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले बिहान ७:०० बजे मतदान गरेका छन्। उनले सप्तरी सदरमुकामस्थित राजविराज नगरपालिकाको वडा नं. २ आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा पुगी मतदान गरेका हुन्। सो केन्द्रमा प्रमुख आयुक्त यादवले नै सुरुमा मतदान गरेका थिए।

प्रदेश नं. २ मा एक महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ स्थानीय तहमा ३७ हजार २ सय ३६ उम्मेदवार प्रतिस्पर्धामा रहेको निर्वाचन आयोगले जनाएको छ।

उम्मेदवारको मृत्युका कारण राजविराज नगरपालिका वडा नम्बर १५ मा भने मतदान भएको छैन। राजपाका तर्फबाट वडाध्यक्षका उम्मेदवार महन्थी यादवको मृत्यु भएपछि सो वडामा चुनाव स्थगित गरिएको हो।

बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.