|

रौतहट : रौतहटको मौलापुर नगरपालिका ३ प्रावि गम्हरिया पतौरा मतदान केन्द्रमा नेकपा माओवादी केन्द्र र संघीय समाजवादी फोरम नेपालका कार्यकर्ताबीच झडप भएको छ। सोमबार विहान माओवादी केन्द्रले स्वयंसेवकको रुपमा मतदाता नामावलीमा नाम नभएको व्यक्तिलाई मतदान स्थलमा लगेको भन्दै संघीय समाजवादी फोरमले विरोध गरेपछि झडप भएको हो।

झडपका क्रममा दुवै तर्फका गरी ४/५ जना घाइते भएका छन्। स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर नै गरेको थियो। स्थिति नियन्त्रणमा लिएर मतदानको वातावरण बनाउन हवाई फायर गरिएको सशस्त्र प्रहरी बलका डीएसपी खड्गराज पन्तले जानकारी दिए। माओवादीले रुकुमका पवनकुमार बोहरालाई मतदान केन्द्रमा प्रवेश गराएको भन्दै संघीय समाजवादी फोरमका कार्यकर्ताले विरोध जनाएपछि झडप भएको हो।

प्रावि गम्हरिया पतौरा मतदान केन्द्र ख मा झडप हुनुअघि जम्मा २ सय ३३ मत खसेको थियो। झडपपछि आधा घण्टा स्थगित भएको मतदान सुरु भइसकेको निर्वाचन अधिकृत रवीन्द्रप्रताप शाहले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.