|

काठमाडौं : प्रदेश नम्बर २ मा जारी स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा मध्याह्नसम्म ३५ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार प्रदेश नम्बर २ का ८ जिल्लाका १३६ स्थानीय तहमा जारी मतदानमा १२ बजेसम्म ३५ प्रतिशत मतदान भएको हो। निर्वाचन आयोगको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी)लाई उद्धृत गर्दै ढकालले जारी गरेको विज्ञप्तिका अनुसार सबै मतदान केन्द्रहरुमा मतदाताको लामो लाइन रहेको छ। मतदान शान्तिपूर्ण एवं उत्साहजनरूपमा भइरहेको छ।

प्रदेश नम्बर २ मा जारी मतदान कार्य आज अपरान्ह ५ बजेसम्म जारी रहने छ। प्रदेश नम्बर २ मा १ महानगरपालिका,  ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ वटा स्थानीय तहमा भइरहेको निर्वाचनबाट नगरपालिका प्रमुख तथा उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष, वडा अध्यक्ष, वडा सदस्य, महिला वडा सदस्य र दलित महिला वडा सदस्य गरी ६ हजार ६२७ जना प्रतिनिधिहरू निर्वाचित हुनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.