|

काठमाडौं : प्रदेश नम्बर दुईका आठ जिल्लाका १३६ वटा स्थानीय तहका लागि सोमबार भएको निर्वाचनमा राजबिराज नगरपालिका बाहेक सबै स्थानीय तहमा मतगणना सुरु भएको छ।              

निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) बाट प्राप्त पछिल्लो विवरण अनुसार, १३६ स्थानीय तहमध्ये १३५ वटा स्थानीय तहको मतगणना जारी रहेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए।

राजविराज नगरपालिकाको वडा नं. १५ का राष्ट्रिय जनता पार्टीका वडाध्यक्षका उम्मेदवारको निधन भएकाले उक्त वडामा असोज ५ गते मतदान भएपछि मात्रै मतगणना सुरु हुने आयोगको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.