बारा : विवादका कारण रोकिएको बाराको ४ स्थानीय तहको मतगणना अझै सुरु हुन सकेको छैन। राजनीतिक दलको प्रतिनिधिले विवाद निकालेपछि बाराको १६ स्थानीय तहमध्ये चार तहमा मतगणना सुचारु हुन सकेको छैन।
प्रमुख निर्वाचन अधिकृतको कार्यालयका अनुसार कोल्हवी नगरपालिका, आदर्श गाउँपालिका, बारागढी गाउँपालिका र सुवर्ण गाउँपालिकमा मतगणना रोकिएको हो।
बारागढीमा आइतबार साँझदेखि रोकिएको छ भने अन्य तहमा मंगलबारदेखि मतगणना हुन सकेको छैन। मतपरिणाम भन्दा बढी मत सार्वजनिक गरेको भन्दै राजनीतिक दलका असन्तुष्ट प्रतिनिधिले विरोध जनाएपछि मतगणना रोकिएको हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।