|

भक्तपुर : भक्तपुर क्षेत्र नं. २ को समानुपातिकतर्फ पनि एमालेले अग्रता लिएको छ। हिजोबाट मतगणना सुरु भएको समानुपातिक तर्फ हालसम्म २५ हजार ४ सय ४९ मतगणना सकिएको छ । जसमा ७ सय २४ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालय भक्तपुरले जनाएको छ।

प्रत्यक्षतर्फ झै समानुपातिकमा पनि एमालेले आफ्नो अग्रता यथावत राखेको छ। एमालेलाई कांग्रेसले पछ्याइरहेको छ भने कांग्रेसपछिको मत विवेकशील साझा पार्टीले पाएको निर्वाचन अधिकृत उत्तम सिलवालले जानकारी दिए।

अधिकृतको सिलवालले समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म एमालेले १२ हजार २ सय २० मत प्राप्त गरी अग्रस्थान लिइरहेको छ।

यसैगरी, कांग्रेसले ५ हजार ५ सय ९२ मत हासिल गरेको छ। विवेकशीलले २ हजार ५ सय १८ मत, नेमकिपाले १ हजार ८ सय १७, माओवादी केन्द्रले १ हजार ८२ र राप्रपाले ६ सय ९८ मत पाएका छन्। त्यसैगरी, भक्तपुर–१ मा समानुपातिकको मतगणना सुरु भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.