|

काठमाडौं : चालु आर्थिक वर्षको पहिलो चार महिनामै नेपालले तीन खर्ब रुपैयाँभन्दा बढी व्यापार घाटा बेहोरिसकेको छ। भन्सार विभागको तथ्यांकअनुसार समीक्षा अवधिसम्म नेपालले अन्तर्राष्ट्रिय व्यापारमा तीन खर्ब १० अर्ब रुपैयाँ नोक्सानी बेहोरेको हो।

यो रकम गत आर्थिक वर्षको यति नै अवधिको तुलनामा १२ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको चार महिनामा दुई खर्ब ७७ अर्ब व्यापार घाटाको स्थिति थियो।
तथ्यांकअनुसार चार अहिनाको अवधिमा नेपालले तीन खर्ब ३६ अर्ब बराबरको वस्तु आयात गरेको छ।

यो हिस्सा अघिल्लो आर्थिक वर्षको तुलनामा ११ प्रतिशतले बढी हो। आयातको तुलनामा निर्यातको अवस्था निकै नै कमजोर देखिएको छ। विभागका अनुसार नेपालले समीक्षा अवधिमा जम्म २६ अर्ब ३७ करोड रुपैयाँको वस्तु निर्यात गरेको छ।

यो रकम अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा करिब आठ प्रतिशतले बढी हो। आयात र निर्यात गरी चार महनामा नेपालको अन्तर्राष्ट्रिय व्यपार करिब तीन खर्ब ६३ अर्ब रुपैयाँ पुगेको छ। कुल व्यपारमा निर्यातको हिस्सा ७.३प्रतिशतमात्र छ भने आयातको हिस्सा ९२.७ प्रतिशत छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.