|
तस्विर– राजधानी दैनिक

झापा : खेत र धानको कुन्युँनजिकै केही व्यक्ति जताततै खाल्डा खन्दै छन्। कतिपय खाल्डामा धुवाँ लगाएर मुसाको सिकारमा व्यस्त छन्। खेतमा बालबालिकादेखि वृद्धसम्म छन्। आहारका लागि मुसाको सिकार गर्ने अल्पसंख्यक सन्थालहरूको दैनन्दिन हो यो।

झापाको बिर्तामोड नगरपालिका, हल्दिबारी गाउँपालिका, कचनकवल गाउँपालिका, मेचीनगर नगरपालिका र भद्रपुर नगरपालिकामा बसोबास गर्ने सन्थाल ९सतार० लाइ केही साता यता भ्याइनभ्याइ छ, मुसाको सिकार गर्न।

खेतबाट धानबाली उठाएपछि बाँझो खेतमा मुसा प्वालभित्र बसेका हुन्छन्। ती मुसाको सिकार गरी आहारा जुटाउनु उनीहरूको दैनन्दिनजस्तै बनेको गरामनीका पूर्व उपप्रधानपञ्च बुधराई किस्कु सन्थाल बताउँछन्। उनी भन्छन्, ‘मुसा हाम्रो राम्रो तरकारी हो।’

झापाका सन्थालहरूले परम्परागत रूपमै मुसाको आहार गर्दै आएका छन्। धानको सिजनमा खेतमा प्वाल बनाएर बस्ने मुसा सन्थालका लागि मनपर्ने तरकारी हो। ‘मुसाजत्तिको मीठो तरकारी अरूको हुँदैन,’ मुसाको सिकारमा व्यस्त स्थानीय ढेना सतार भन्छन्। धानबारीमा पासो थाप्ने, प्वालमा आगो बालेर धुवाँ लगाई मुसा बाहिर निकाल्ने, प्वालमा पानी हाल्ने र खन्ने प्वालभित्रका मुसा सिकारका चर्चित विधि हुन्।

स्थानीय वसन्ती मुर्मू विगत २० दिनयता निरन्तर मुसाकै तरकारी खाइरहेको बताउँछिन्। २० दिनयता तरकारी जुटाउन उनका श्रीमान् र छोराछोरी सबै प्रायःसजो खेतमै हुन्छन्।

बजारमा तरकारी नपाइने र पाइहाले पनि महँगो पर्ने भएका कारण मुसाको विकल्प नभएको उनको भनाइ छ। मिठो मानेर मुसा खाने सन्थालहरू आजभोलि विस्तारै समस्यामा छन्। ‘मुसा पाउनै गाह्रो भइसक्यो, खेतमा विषादीको प्रयोगसँगै मुसा पाइन छाडे,’ मुर्मूका श्रीमान् भन्छन्।

मुर्मूका परिवार घरका लागि मात्र नभई बिक्रीका लागिसमेत मुसा मार्ने काम गर्छन्। त्यसैले छोराछोरीसमेत लिएर उनी दिनहुँ बिर्तामोड–७ स्थित बाह्रघरेमा बाँझो खेत खनिरहेका छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.