|

काठमाडौं : नेकपा एमाले र नेकपा माओवादी केन्द्रद्वारा गठित कार्यदलले प्रदेश मुख्यमन्त्री तथा राष्ट्रियसभा उम्मेदवार छनोटमा पार्टी एकताको गति र भावलाई मुख्य आधार बनाउने भएको छ। कार्यदलले प्रदेश मुख्यमन्त्री तथा मन्त्रालयहरुको बाँडफाँट साथै राष्ट्रियसभाका उम्मेदवारहरु छनोट गर्दा पार्टी एकतामा बाधा उत्पन्न हुने गरी कुनै काम नगर्ने भएको हो।

दुवै पार्टीका दोस्रो तहका ३/३ सदस्य सम्मिलित कार्यदलले पार्टी एकताको गतिलाई सहयोग पुग्ने गरी आगामी २४ माघमा हुने राष्ट्रियसभाको निर्वाचनका उम्मेदवार छनोट गर्ने भएको छ। आगामी २४ माघमा हुने राष्ट्रियसभाको निर्वाचनमा प्रत्येक प्रदेशबाट ८ जनाको दरले ५६ जना निर्वाचित हुनेछन्।

तीनजना सदस्य भने सरकारको सिफारिसमा राष्ट्रपतिले चुन्ने संवैधानिक व्यवस्था छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.