|

काठमाडौं : नेपाल प्रहरीका प्रहरी सहायक निरिक्षक (असई) भुपेन्द्र बुढाथोकीले "हामी नेपाल प्रहरी"बोलको प्रहरी गीत बजारमा ल्याएका छन्। जनताको सेवक प्रहरीको सुखदुखका भाव समेटिएको उक्त गीतको म्युजिक भिडियो सोमबार युटुबमार्फत सार्वजनिक गरिएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेमा कार्यरत असई बुढाथोकीको शब्द रहेको उक्त गीतमा अहिलेको चर्चित गायक राजेशपायल राईले स्वर दिएका छन्। सन्तोष रजौरेको सङ्गीत रहेको उक्त गीतको एरेञ्जर योगेश काजीले गरेका छन्। जनताको सेवक नेपाल प्रहरीका दुखपीडाका कथाहरु गीतमार्फत व्यक्त गर्न खोजिएको गीतका लेखक बुढाथोकीले बताए।

गीतको म्युजिक भिडियोको निर्देशन रमेश बिक रसाईलीले गरेका छन् भने अभिनय भुपेन्द्र बुढाथोकीले गरेका छन्। शिव फोरएस मिडियाले निर्माण गरेको उक्त गीतको भिडियो शम्भु चालिसेले छायांकन गरेका हुन् भने रबिन बिकले सम्पादन गरेका छन्।

हेर्नुस् भिडियोः

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.