|

काठमाडौं : दरबारमार्गस्थित होटल ल्याण्डमार्कमा भएको बलात्कार घटनाकी पीडित युवती प्रहरीको सम्पर्कमा आएकी छन्।

पीडित युवती बुधबार बेलुकी महानगरीय प्रहरी परिसरले प्रहरी उपरीक्षक एवं उक्त घटनाको छानविन समिति संयोजक रामदत्त जोशीको सम्पर्कमा आएको महानगरीय प्रहरी प्रमुख रवीन्द्र धानुकले जानकारी दिए। 

धानुकले पीडित युवतीसँग समितिले बयान लिरहेको बताए। युवतीले बयान फेर्न सक्ने भन्दै छानबिन समितिको नियन्त्रणमा राखेर बयान लिइरहेको छ। 

माघ ७ गते राति आफू बलात्कृत भएको भन्दै पीडित युवतीले महानगरीय प्रहरी वृत दरबारमार्ग पुगेर मौखिक उजुरी दिएकी थिइन्। उक्त घटना आर्थिक लेनदेनमा मिलाएर अनुसन्धानको प्रक्रियामा नलगेको आशंकामा प्रहरीले सोमबार छानबिन समिति गठन गरेको थियो।

छानबिन समिति गठन गरेसँगै पीडित युवाती सम्पर्क बिहीन भएपछि अनुसन्धान प्रहरीलाई समस्या भएको थियो। समितिले महानगरीय प्रहरी वृत दरबारमार्गका निरीक्षक लक्ष्मणसिंह ठकुरी र वृत ईन्चार्ज प्रहरी नायव उपरीक्षक तिलक भारतीलाईट सरुवा गरेर अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.