|

काठमाडौं : दरबारमार्गमा रहेको होटल ल्याण्डमार्कमा भएको भनिएको सामूहिक बलात्कारको घटनामा पीडित भनिएकी युवतीले बयान फेरेकी छन्।

महानगरीय प्रहरी परिसर, काठमाडौंले गठन गरेको छानविन समिति समक्ष युवतीले सहमतिमै यौन सम्पर्क भएको बयान दिएकी हुन्। 'कार्की मेरो ब्वाय फ्रेन्ड हो, ऊसँग सहमतिमै शारीरिक सम्पर्क भएको हो', युवतीको भनाइ उदृत गर्दै महानगरीय प्रहरी प्रमुख रवीन्द्र धानुकले भने, 'प्ररम्भिक अनुसन्धानमा युवतीले सहमतिमै सम्पर्क भएको बताएकी छन्, अनुसन्धान जारी छ।'

उक्त युवतीलाई शैलेश कार्कीलगायत चार जनाले सामूहिक बलात्कार गरेको आरोप लागेको थियो।

दरबारमार्गस्थित होटल ल्याण्डमार्कमा माघ ७ गते राती सामूहिक बलात्कार भएको र ८ गते ती युवतीले मौखिक उजुरी दिएको बताइएको थियो।

उजुरी दिएपछि दरबारमार्ग वृत्तका प्रहरी अधिकृतहरूले पैसा लिएर उक्त घटना मिलाएको भन्दै प्रहरीको व्यापक आलोचना भएको थियो। त्यसपछि पीडित युवती नै प्रहरीको सम्पर्कबाट टाढा रहेकी थिइन्।

उनी बुधबार बेलुकी मात्र प्रहरीको सम्पर्कमा आएकी थिइन्। उनी बुधबार बेलुकी महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक एवं छानविन समिति संयोजक रामदत्त जोशीको सम्पर्कमा आएको महानगरीय प्रहरी प्रमुख धानुकले जानकारी दिए। उक्त बलात्कार काण्डबारे थप छानविन गर्नका लागि अभियुक्तहरूलाई बोलाउने तयारी भएको पनि धानुकले जानकारी दिए।

पढ्नुहोस् यी सामग्री :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.