|

काठमाडौं : लागुऔषध तस्करी मुद्दामा एभरेस्ट होटलका सञ्चालक मस्कुर अहमद लारी पक्राउ परेका छन्।

महानगरीय प्रहरी कार्यालय महाराजगन्ज वृत्तले बिहीबार उनलाई महाराजगन्जबाटै पक्राउ गरेको महानगरीय प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक जयबहादुर चन्दले बताए। अदालतको फैसला कार्यान्वयनका लागि उनलाई प्रकाउ गरेको उनले जाकारी दिए।

लारीलाई सन् १९९७ मा जर्मनीको फ्रयांकफर्ट विमानस्थलमा फेला परेको २५० किलो चरेसमा उनको संलग्नता खुलेको थियो। त्यसयता उनलाई प्रहरीले फरार अभियुक्त भनी जिल्ला अदालतमा मुद्दा तामेलीमा राखिएको थियो। अदालतले पुन: २०६८ मा सुनुवाइ गरेर मस्कुरको नाममा पक्राउ आदेश जारी भएको थियो। त्यसयता उनी फरार थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.