|

सुर्खेत : नेपाली कांग्रेस प्रदेश ६ संसदीय दलको नेतामा जीवनबहादुर शाही चयन भएका छन्। कांग्रेसको सुर्खेतमा बसेको बैठकले शाहीलाई सर्वसम्मत संसदीय दलको नेता चयन गरेको हो।

संसदीय दलको नेतामा निर्वाचित भएसँगै नेता शाहीले प्रदेश ६ को विकास र समृद्धिका लागि रचनात्मक रूपमा प्रदेशसभामा प्रस्तुत हुने बताए। उनले १२ लाख जनसंख्या र सबैभन्दा धेरै भूगोल भएको कर्णाली प्रदेशमा रहेको अभावलाई चिर्दै समृद्ध प्रदेश बनाउने अभियानमा लाग्ने बताए। 

‘बाटो, विजुली, विचार, वन, व्यवस्थापन र बजारको संयोजक गर्न सकेको खण्डमा प्रदेशको समृद्धि टाढा छैन’ उनले भने, ‘हामी प्रतिपक्षमा रहे पनि प्रदेशको समृद्धि र विकासका लागि सहकार्य गछौँ।’ हुम्ला प्रदेशसभा ‘ख’बाट विजयी भएका शाही प्रदेश ६ मा कांग्रेसबाट प्रत्यक्ष विजयी हुने एक्ला उम्मेदवार हुन्। शाही पूर्वपर्यटन र खानेपानी तथा सरसफाई मन्त्री समेत हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.