|

काठमाडौैं : पछिल्ला केही वर्षयता हत्या, अपहरण र फिरौतीजस्ता ठूला अापराधिक घटनामा संलग्न गुण्डाहरुलाई प्रहरीले 'इन्काउन्टर'मा मार्नु सामान्यजस्तै भएको छ। विभिन्न अापरािधक श्रृंखलामा संग्लन गुण्डानाइके भनेर चिनिएकालाई प्रहरीले गोली हानेर मार्ने गरेको छ।

मानवअधिकारको सिद्धान्तअनुसार अपराधीलाई पनि घुँडामुनि गोली हानेर नियन्त्रणमा लिनुपर्छ। तर नेपालमा गुण्डाहरु इन्काउन्टर'मा पर्ने क्रम रोकिएको छैन। प्रहरीका प्रवक्ता नायब महानिरीक्षक मनोज न्यौपाने सामान्य भिडभाडमा घुँडामुनि गोली हानेर नियन्त्रणमा लिने सिद्धान्त रहेको बताउँछन्। 'तर अपराधीले प्रहरीमाथि नै गोली चलाए के गर्ने?' न्यौपाने भन्छन्, 'आत्मरक्षाका लागि गोली चलाउनै पर्छ।'  यस क्रममा अपराधी मारिने घटनालाई सामान्य रुपमा हेर्नुपर्ने तर्क गर्छन् उनी।    

यस्तो छ, प्रहरीको 'इन्काउन्टर' श्रृंखला

श्रृंखला–१

साउन ०७० मा धादिङ घर भएका गुण्डानाइके दिनेश अधिकारी ‘चरी’ प्रहरीको गोलीबाट मारिएका थिए। अपराध महाशाखाको टोलीले भीमढुंगामा गोली हानेर उनलाई मारेको थियो। उपत्यका विभिन्न अपराधिक घटमा उनको भूमिका हुने गरेको थियो।

श्रृंखला– २

३ भदौ ०७१ मा राजधानीका अर्का गुण्डानाइके कुमार घैँटे (कुमार श्रेष्ठ) प्रहरी मुठभेडमा मारिए। कपुरधारास्थित आफ्नै घरअगाडि अपराध महाशाखाको प्रहरी टोलीले उनीमाथि गोली हानेको थियो। प्रहरीको गोली लागेर घाइते भएका घैंटेको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको थियो।

श्रृंखला– ३

प्रहरीको इन्काउन्टर श्रृंखला त्यतिमै सिमित भएन। विभिन्न अपराधिक घटना र हत्यामा संलग्न हुदै आएका प्रहरीको टाउको दुखाइको विषय बनेका मनोज पुन पनि बुधार ९ फागुन ०७४ रुपन्देही जिल्लामा प्रहरीको इन्काउन्टरमा मारिएका छन्।

अपराध महाखाको टोलीले उनलाई बुधबार बिहान साढे ३ बजे देवदह नगरपालिका–४ भवानीपुरमा गोली हानेको थियो। गोली लागर घाइते लुम्बिनी अञ्चल अस्पतालमा पुर्‍याएपछि मृत्यु भएको हो। पुनसँगै उनका सहयोगी सोम आलेको पनि मृत्यु भएको छ।

यीबाहेक पनि प्रहरीले विभिन्न समयमा विभिन्न अापराधिक घटनामा संलग्नहरुलाई गोली हानी घाइते बनाएर नियन्त्रणमा लिने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.