|

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले आफू प्रधानमन्त्री नियुक्त भएको ११ दिनपछि सोमबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन्।

पार्टी एकतामा सहमत माओवादी केन्द्र र आफ्नै पार्टी नेतालाई समेटेर प्रधानमन्त्रीले दोस्रो चरणमा सोमबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्। मन्त्रिपरिषद् विस्तारको तयारीका लागि एमाले–माओवादी दुवैले आइतबार आ–आफ्ना पार्टी नेतासँग सामूहिक, एक्लाएक्लै छलफलसमेत गरी आन्तरिक तयारी गरेका थिए।

प्रधानमन्त्री ओलीले माओवादी अध्यक्ष दाहालसँग आइतबार साँझ प्रधानमन्त्री निवासमा झन्डै एक घण्टा एक्लै भेट गरी सरकार विस्तारका विषयमा छलफल गरेका थिए। ‘प्रधानमन्त्रीले अब सरकार विस्तार गर्नुहुन्छ’, एमाले महासचिव ईश्वर पोखरेलले  भने, ‘सरकार विस्तारकै लागि उहाँले माओवादी अध्यक्षसँग छलफल गर्नुभएको छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.