|

काठमाडौं : चालुआर्थिक वर्षको पछिल्लो ६ महिनामा ७५ अर्ब २० करोड रुपैयाँको १३ लाख २५ हजार २७५ मेट्रिकटन इन्धन आयात भएको छ। नेपाल आयल निगमले विगतका वर्षको यसै अवधिको तुलनामा यो आयात हालसम्मकै उच्च भएको जानकारी दिएको छ।

आर्थिक वर्ष ०७२/७३ को तुलनामा चालु आर्थिक वर्षको ६ महिनामा १६ अर्ब २६ करोड रुपैयाँ बढी मूल्यको इन्धन आयात भएको छ। अायात यसरी नै वृद्धि हुने भइरहने हो भने चालु आर्थिक वर्षमा अहिलेको मूल्यका आधारमा एक खर्ब ५० अर्ब ४० करोडको इन्धन आयत हुनेछ।

आर्थिक वर्ष ०७२/७३ मा ५८ अर्ब ९४ करोड रुपैयाँको १३ लाख ३९ हजार १७७ मेट्रिकटन इन्धन आयात भएको थियो। निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार सवारीसाधनको बढ्दो चाप, विकास निर्माण, जलविद्युतलगायतका कारण पछिल्लो समयमा इन्धनको खपत उच्च परिणाममा बढेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.