|

काठमाण्डौं : देशका पहाडी इलाकामा होलीको रौन चलिरहेको छ। काठमाडौं उपत्यकामा पनि होलीको रौनक जारी छ। सहरका सडकमा होली खेल्नेको भीड बाक्लै देखिएको छ। 

यसरी होली पर्वको रमाइलो गरिरहेकाहरूको सुरक्षाका लागि उपत्यकामा व्यापक प्रहरी परिचालन गरिएको छ। उपत्यकाका तीन जिल्लामा मात्र ३ हजार प्रहरी परिचालन गरिएको छ। 

बिहीबार मनाइँदै गरेको होली पर्वमा हुन सक्ने अप्रिय घटना हनुन् भनेर उपत्यकाका तीनवटै जिल्लामा प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ। बिहानैदेखि ३ हजार प्रहरी परिचालन गरी ठाउँ-ठाउँमा प्रहरी गस्ती र चेक प्वाइन्ट र ट्राफिक प्रहरी राखेर मापसे समेत चेक जाँच सुरु भएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक पूर्णचन्द्र जोशीले बताए।

होलीलाइ मध्यनजर गरेर भक्तपुरमा ५ सय प्रहरी परिचाल भएको भक्तपुर प्रहरी परिसरका प्रवक्ता कृष्ण प्रसाईँले बताए।

त्यस्तै, ललितपुरमा ११ सयको हाराहारीमा प्रहरी परिचालन भएको छ। ललितपुर प्रहरी परिसरका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले ललितपुरको दक्षिण क्षेत्रसम्मै प्रहरी परिचालन गरिएको र हर्षोल्लासका साथ होली पर्व मनाइरहेको बताए।

काठमाडौं जिल्लामा सबै भन्दा बढी प्रहरी परिचालन भएका छन्। काठमाडौंका १ हजार ५०० सय प्रहरी परिचालन भएका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.